प्रेममा नपर्ने यी ६ राशी, यो सूचीमा तपाईंको राशी त छैन ? « Khabarhub

प्रेममा नपर्ने यी ६ राशी, यो सूचीमा तपाईंको राशी त छैन ?


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रेमका मामलामा सबैको विचार अलग अलग हुन्छ । कतिपयलाई प्रेममा रहेर पार्टनरका साथ खुसियाली जीवन बिताउनु महत्वपुर्ण लाग्दछ । यिनिहरु सजिलै प्रेममा पर्दछन् । तर त्यहि केहि मानिसको नजरमा प्रेमको मतलव शुन्य झै हुन्छ । उनीहरु प्रेममा प्रश्न गर्ने, पार्टनरलाई हमेशा शंका गर्दछन् । यिनिहरु हतपत प्रेममा पर्दैनन् । परे पनि कहिल्यै पार्टनरलाई भरोसा गर्दैनन् । कुनकुन राशीका जातक प्रेममा पर्दैनन्, जान्नुहोस् ।

१. मेष राशी
यी राशीका ब्यक्ति आफ्नै जिद्दिपनाका कारण परिचित हुन्छन् । यिनिहरुमा कमजोर धैर्यता रहने गर्दछ । आफ्नो हिसाबले सम्बन्ध भएन भने उनीहरु पार्टनरलाई इग्नोर गर्न थाल्दछन् । उनीहरुमा आफ्नो पार्टनर प्रति अत्यन्त कम आशा हुन्छ तसर्थ यी राशीका जातक हतपत प्रेममा पर्दैनन् । यी राशीका ब्यक्तिलाई प्रेम गर्नेहरुले पनि प्रेम पाउन निकै ग्राहो हुन्छ ।

२. वृश्चिक राशी
यस राशीका ब्यक्ति अत्यन्त भावुक र बुद्धिमानी हुन्छन् । उनीहरु प्रेममा बफदारीका लागी परिचित छन् । तर यि राशीका ब्यक्तिले जबसम्म आफुले पुर्णरुपमा मन पराएको सुनिश्चित गर्दैनन् तबसम्म प्रेममा छन् भनेर भरोसागर्नु हुदैन । हतपतकुनै वाचा नगर्ने यी जातक ब्यक्तिको दिमाग के चलिरहेको छ निकटका ब्यक्तिले पनि थाहा पाउँदैनन् ।

३. धनु राशी
उत्साही र साहसी स्वभावका धनु राशीका जातकलाई प्रेममा पर्दा आफ्नो स्वतन्त्रता सकिने भय रहन्छन । उनीहरु नयाँनयाँ प्रयोग गर्न रुचाउँछन् तर चाडैँ त्यसबाट दिक्क मान्दछन् ।

तसर्थ यी राशीका ब्यक्तिसँग प्रेममा पर्नेहरुलाई पनि यस प्रकारको समस्या रहने गर्दछ । तर एक पटक प्रेममा परेका यस राशीका जातक सदैव बफदार रहने गर्दछन् ।

४. तुला राशी
मनोरञ्जनमा बढि समय दिने तुला राशीका जातकको सामाजिक दायरा ठुलो हुने गर्दछ । उनीहरु सम्बन्धको दबावलाई झेल्न सक्दैनन् । कुनै एक बिषय या ब्यक्तिको बारेमा सोचेर लामो समय चिन्तित हुने यी राशीका जातक प्रेममा नपर्न आफैलाई यातना दिने गर्दछन् । यी राशीका ब्यक्तिलाई हतपत प्रेममा पर्ने सम्भावना रहदैन ।

५. कुम्भ राशी
यस राशीका जातक आफुप्रति हतपत कसैलाई हावि हुन दिदैनन् । स्वभावमा कठोर उनीहरु मनका भने कोमल हुन्छन् । तर रिसमा काबु राख्न नसक्नाले यिनिहरुको प्रेम चाडैँ टुट्ने गर्दछ । उनीहरु कल्पनामा रमाउने भएकाले प्रेममा पनि काल्पनिक छवि रुचाउँछन् । आलोचना वा विरोध सहन नसक्ने यी जातकको पार्टनरसंग राम्रो सम्बन्ध नहुनुको एक कारण हो ।

६. मीन राशी

यस राशीका जातक रचनात्मक र कल्पनाशील हुने गर्दछन् । दुनियाँ हेर्ने उनीहरुको अलग्लै नजर हुने गर्दछ । तर यि राशीका जातक प्रेममा सहज समझदारी राख्दैनन् । तर्सथ यी राशीलाई प्रेम गर्नेहरु खुशी हुँदैनन् । यदि यो राशी प्रेममा नपर्नुको कारण खोज्ने हो भने उनीहरुको स्वभाव नै अक्सर जिम्मेवार रहने गर्दछ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १२ : २६ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले