रौतहटमा सतर्कता अपनाएर व्यापार व्यवसाय चलाउन दिइने « Khabarhub

रौतहटमा सतर्कता अपनाएर व्यापार व्यवसाय चलाउन दिइने


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- कोरोना भाइरस (कोभिड १९ )को संक्रमण फैलिन नदिन सर्तकता अपनाएर व्यापार/व्यवसाय खोल्न दिने रौतहट प्रशासनले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीवार सूचना जारी गर्दै जेठ २३ गते शुक्रवारबाट ३२ गतेसम्म तोकिएको समयमा व्यापार/व्यवसाय खोल्न दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बिहीवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बैंक तथा वित्तीय संस्था र व्यापार/व्यवसाय खोल्न नदिने निर्णय गरेको हो ।

बैंक तथा बितिय संस्था प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र औषधी पसल २४ सै घण्टा खुला गर्न भनेको छ ।
खाद्यन्न/किराना पसल र गैर खाद्यन्न पसलहरु एक/एक दिन बिराएर आलोपालो गरी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

रौतहट उद्योग वाणिज्य संघले व्यवसायीको संग्लनतामा एउटा ‘मापदण्ड कार्यान्वयन तथा अनुगमन टोली’ बनाई मापदण्ड कार्यान्वयनमा पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।

जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा मापदण्डको पालना नभएको पाइएमा त्यस्ता सेवा तथा व्यवसाय बन्द गराई, संक्रमक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : २६ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को