अलपत्र नेपाली स्वदेश फर्काउन एनआरएनएले सक्दो सहयोग गर्छ : अध्यक्ष पन्त « Khabarhub

अलपत्र नेपाली स्वदेश फर्काउन एनआरएनएले सक्दो सहयोग गर्छ : अध्यक्ष पन्त


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने जनाएको छ ।

सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्दैछ । पहिलो पटक संयुक्त अरब इमिरेट्सबाट नेपाली फर्काउन शुरु गरिने भएको हो ।

एनआरएनएले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफलपछि सरकारले नेपालीलाई स्वदेश फर्काउन शुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले जिकिर गरे ।

संघले नेपालीलाई तत्काल स्वदेश फर्काउनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पटक पटक छलफल गरेको एनआरएन, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्कन शुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुशी व्यक्त गर्दै देशवासीलाई स्वदेश फर्काउने कार्यमा संघले सक्दो सहजीकरण गर्न संघका सबै राष्ट्रिय समन्वय समिति –एनसिसी) लाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

संघले विश्वभर छरिएका नेपाली दूतावाससंँग सहकार्य गर्दै नेपालीको फिर्तीका लागि सहयोग गर्न सबै शाखालाई निर्देशन दिइसकेको छ ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारामा परेका सबै नेपालीलाई धैर्य गरी जहाँ आफू रहेको हो त्यहीँ रहन र एकार्कालाई सहयोग पु¥याउनसमेत आग्रह गरे ।

यसअघि संघका विदेशस्थित शाखाले नेपाल फर्कन चाहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् । तथ्यांकानुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ ।

युएइमा १८ हजार, कतारमा आठ हजार चार सय, मलेसियामा ६ हजार दुई सय, साउदी अरेबियामा ६ हजार पाँच सय, बहराइनमा तीन सय र ओमनमा सात सय जनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : ४४ बजे

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल