अलपत्र नेपाली स्वदेश फर्काउन एनआरएनएले सक्दो सहयोग गर्छ : अध्यक्ष पन्त « Khabarhub

अलपत्र नेपाली स्वदेश फर्काउन एनआरएनएले सक्दो सहयोग गर्छ : अध्यक्ष पन्त


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने जनाएको छ ।

सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्दैछ । पहिलो पटक संयुक्त अरब इमिरेट्सबाट नेपाली फर्काउन शुरु गरिने भएको हो ।

एनआरएनएले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफलपछि सरकारले नेपालीलाई स्वदेश फर्काउन शुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले जिकिर गरे ।

संघले नेपालीलाई तत्काल स्वदेश फर्काउनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पटक पटक छलफल गरेको एनआरएन, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्कन शुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुशी व्यक्त गर्दै देशवासीलाई स्वदेश फर्काउने कार्यमा संघले सक्दो सहजीकरण गर्न संघका सबै राष्ट्रिय समन्वय समिति –एनसिसी) लाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

संघले विश्वभर छरिएका नेपाली दूतावाससंँग सहकार्य गर्दै नेपालीको फिर्तीका लागि सहयोग गर्न सबै शाखालाई निर्देशन दिइसकेको छ ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारामा परेका सबै नेपालीलाई धैर्य गरी जहाँ आफू रहेको हो त्यहीँ रहन र एकार्कालाई सहयोग पु¥याउनसमेत आग्रह गरे ।

यसअघि संघका विदेशस्थित शाखाले नेपाल फर्कन चाहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् । तथ्यांकानुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ ।

युएइमा १८ हजार, कतारमा आठ हजार चार सय, मलेसियामा ६ हजार दुई सय, साउदी अरेबियामा ६ हजार पाँच सय, बहराइनमा तीन सय र ओमनमा सात सय जनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : ४४ बजे

ट्रम्पले भने- भारत–अमेरिका व्यापार सम्झौता छिट्टै टुंगिनेछ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि

भारतको कूटनीतिक परीक्षणमा रविको उदय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पाँचदिने

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन– यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित