इन्फेक्सनबाट बच्न भित्रि बस्त्र अर्थात पेन्टी किन्दा ध्यान दिऔँ | Khabarhub Khabarhub

इन्फेक्सनबाट बच्न भित्रि बस्त्र अर्थात पेन्टी किन्दा ध्यान दिऔँ


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यौनागंको सुरक्षा र लाज छोप्न भित्रिवस्त्र अर्थात पेन्टी आवश्यक हुन्छ । तर पहिरनमा निकै सचेत हुने महिलाहरु आफ्नो पेन्टीका बिषयमा भने संवेदनसिल हुदैनन् ।

बाहिर नदेखिने भएकाले पेन्टी जस्तो लगाएपनि हुने धारणका कारण महिलाहरु यसको छनौटमा खासै ध्यान दिदैनन् । तर बाहिरी वस्त्र भन्दा पनि पेन्टी महत्वपुर्ण छ । तसर्थ पेन्टी किन्दा निम्न बिषयमा ध्यान दिनुपर्छ ।

१. पेन्टी किन्दा सुती कपडाकै किन्नु पर्दछ । सुती कपडा छालामैत्री हो यसले छालामा कुनै असर पार्दैन ।

२. कामुक देखाउँने भएकाले सिल्क वा सिन्थेटिक कपडाको पेन्टी महिलाको रोजाइमा पर्दछन् । तर यस्ता पेन्टीमा हावा छिर्दैन र इन्फेक्सन हुनसक्छ । यदि यी पेन्टी किन्नु परेमा भित्रि कभर सुती कपडा भएको पेन्टी किन्नु पर्दछ ।

३. आफ्नो नितम्बको आकारभन्दा ठुलो वा सानो पेन्टी लगाउनु हुदैन । टाइट भए असहजका साथै रगत प्रवाहमा बाधा पुर्याउँछ भने ठुलो हुदाँ खुकुलो भई हिँडडुलमा असहज पारिदिन्छ ।

४. पहिरन जस्तै पेन्टी किन्दा रोजाईको रंगको किन्नु हुदैन । रंगविरंगी पेन्टीको रंगले मुलायम छालालाई हानी पु¥याउँछ त्यसैले सेतो पेन्टी किन्नु नै उत्तम हुन्छ ।

५. व्यायाम गर्दा पनि पेन्टीमा ध्यान दिनुपर्छ । यदि गलत कपडा वा नापको पेन्टी पसिना सोस्न असमर्थ हुन्छ । यसले संक्रमण हुने खतरा हुन सक्छ ।

कसरी प्रयोग गर्ने ?
१. ब्यायाम गर्दा लगाएको पेन्टी सकेसम्म चाडैं बदल्नु पर्दछ । अन्यथा यसमा जम्मा भएको पसिनाका कारण पेन्टीबाट समेत दुर्गन्ध आउने गर्दछ ।

२. पेन्टी धुने साबुन वा डिर्टजेन्ट पाउडर रंग र सुगन्ध विहिन हुनुपर्दछ ।

३. पेन्टीमा रातो टाटो देखियो भने चिकित्सकको परामर्श लिनु पर्दछ ।

४. दिनभर बाधिएको कपडा लगाउने महिलाले राती पेन्टी नलगाउनु उचित हुन्छ ।
५. तर दिउँसो पेन्टी नलगाई हिँड्नु हुदैन । अन्यथा नितम्बको आकार झोलिएर बिग्रन्छ ।

६. पुरानो भएसंगैं पेन्टी बदल्नु पर्दछ । धेरै पुरानो पेन्टी लगाउँदा इन्फेक्सनको खतरा हुन्छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : १० बजे

इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त

एजेन्सी – बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग

गत वर्ष डेब्यू गरेका पाँच नायिका, तीमध्ये तीनलाई हिट फिल्मको खाँचो

काठमाडौं – हरेक वर्ष फिल्मा डेब्यू गर्ने कलाकारको सूची तयार

बर्दिया र सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं– बर्दियाको गुलरिया नगरपालिका-९ टेपरी बस्ने ६४ वर्षीय पृर्थिनारायण चौधरीको कच्ची घरमा

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक

‘रियाल रिङ्गेट’को टिजरमा खाडीको पीडा

काठमाडौं – साउन १६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘रियल