पर्सामा स्वास्थ्यकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोना संक्रमण « Khabarhub

पर्सामा स्वास्थ्यकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोना संक्रमण


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा  थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित हुनेमा १४ देखि ५६ वर्ष उमेर समूहका छन् । त्यसमा दुई बालक र चार महिला छन् ।

सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा काम गर्ने २८ वर्षीया महिला डाक्टर र  वीरगञ्ज ११ घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ।

नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङमा परेका अरू दुई स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।

यस्तै कोरोना संक्रमितको शव व्यवस्थापन टोलीमा खटेका सेनाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । यसअतिरिक्त एक जना सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका एक पुरुष पनि संक्रमित भएका छन्।

योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : २७ बजे

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा