पर्सामा स्वास्थ्यकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोना संक्रमण « Khabarhub

पर्सामा स्वास्थ्यकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोना संक्रमण


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा  थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित हुनेमा १४ देखि ५६ वर्ष उमेर समूहका छन् । त्यसमा दुई बालक र चार महिला छन् ।

सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा काम गर्ने २८ वर्षीया महिला डाक्टर र  वीरगञ्ज ११ घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ।

नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङमा परेका अरू दुई स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।

यस्तै कोरोना संक्रमितको शव व्यवस्थापन टोलीमा खटेका सेनाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । यसअतिरिक्त एक जना सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका एक पुरुष पनि संक्रमित भएका छन्।

योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : २७ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि