विदेशबाट फर्किएका भन्छन् : स्वदेशमै केही गर्न चाहन्छौँ « Khabarhub

विदेशबाट फर्किएका भन्छन् : स्वदेशमै केही गर्न चाहन्छौँ


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् ।

सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार हजार नागरिक गाउँ फर्किएका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट एक हजार महिला र तीन हजार पुरुष टीकापुर भित्रिएका छन् । विदेशबाट घर फर्किएकाहरू विदेशमा बस्दा केही न केही सीप सिकेर आएका छन् । उनीहरूले विदेशमा बस्दा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न पाए विदेश नजाने मनसाय बनाइरहेका छन् ।

टीकापुर नगरपालिका–४ इन्द्रैयाका जितबहादुर चौधरीले अब विदेश नफर्कने बरु नेपालमै केही गर्ने सोच रहेको बताए । “स्थानीय सरकारले सहयोग गरे यहीँ केही पेशा गर्ने योजना छ”, चौधरी भन्छन्, “मैले विदेशमा सिकेको कामलाई यहाँ व्यवसायका रूपमा गर्न चाहन्छु । सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्छ ।”

टीकापुर–५ मनिकापुरका मीनबहादुर साउद पनि ६ वर्ष दुबईमा बसेर घर फर्किएका हुन । उनी पनि स्थानीय सरकारले आफ्नो सीपलाई हेरेर काम दिएको खण्डमा त्यसलाई आफ्नै देशमा प्रयोग गर्ने सोचमा छन् । “मैले दुबईमा स्का फोल्डिङको काम सिकेर आएको छु”, साउदले भने, “सरकारले केही काम दिएको भए हुन्थ्यो । यही काम गरेर जीविका चलाउन हुन्थ्यो ।”

वडा नं १ का ओमप्रकाश राजवंशी पनि कामको सिलसिलामा २१ वर्ष भारतको दिल्लीमा बसेर घर फर्किएका हुन् । उनले त्यहाँ बस्दा प्राविधिक सहयोगीको काम गर्थे । उनले हाउस किपिङको काम पनि सिकेका छन् ।

कोरोना महामारीको अप्ठ्यारोमा गाउँ फर्कनुभएका राजवंशी सरकारले आफूले सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने योजना बनाए विदेश नजाने बताउँछन् । “सवारी साधन चलाउने, मर्मत गर्ने सबै काम जानेको छु”, राजवंशी भन्छन्, “म हाउस किपिङको तालिम दिने काम पनि गर्छु, अब यही गर्न पाए किन भारत फर्कनु ?”

टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केका नागरिकलाई रोजगारी सिर्जना गर्ने नीति लिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्नका लागि रु ५० लाख रकम विनियोजन गरेको छ ।

“कोभिड–१९ का कारण स्वदेश फर्किएकाको माग र आवश्यकताका आधारमा रोजगार सिर्जना गर्ने खालका कार्यक्रम बनाउनेछौँ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, “स्वदेश फर्किएका युवाले काम गर्न चाहे नगरपालिका काम तथा सीप विकासमा सघाउन तयार छ ।”

नगरप्रमुख रावलले वैदेशिक रोजगारीमा गएर काम सिकेका नागरिकको सीपलाई सदुपयोग गर्न सके स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने र नगरपालिकाको विकास र आम्दानीमा टेवा पुग्ने बताए । टीकापुर नगरपालिकाको जनसङ्ख्या ९० हजार रहेको छ । तीमध्ये १८ हजार नागरिक रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा कार्यरत छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १० : २५ बजे

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग