विदेशबाट फर्किएका भन्छन् : स्वदेशमै केही गर्न चाहन्छौँ « Khabarhub

विदेशबाट फर्किएका भन्छन् : स्वदेशमै केही गर्न चाहन्छौँ


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् ।

सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार हजार नागरिक गाउँ फर्किएका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट एक हजार महिला र तीन हजार पुरुष टीकापुर भित्रिएका छन् । विदेशबाट घर फर्किएकाहरू विदेशमा बस्दा केही न केही सीप सिकेर आएका छन् । उनीहरूले विदेशमा बस्दा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न पाए विदेश नजाने मनसाय बनाइरहेका छन् ।

टीकापुर नगरपालिका–४ इन्द्रैयाका जितबहादुर चौधरीले अब विदेश नफर्कने बरु नेपालमै केही गर्ने सोच रहेको बताए । “स्थानीय सरकारले सहयोग गरे यहीँ केही पेशा गर्ने योजना छ”, चौधरी भन्छन्, “मैले विदेशमा सिकेको कामलाई यहाँ व्यवसायका रूपमा गर्न चाहन्छु । सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्छ ।”

टीकापुर–५ मनिकापुरका मीनबहादुर साउद पनि ६ वर्ष दुबईमा बसेर घर फर्किएका हुन । उनी पनि स्थानीय सरकारले आफ्नो सीपलाई हेरेर काम दिएको खण्डमा त्यसलाई आफ्नै देशमा प्रयोग गर्ने सोचमा छन् । “मैले दुबईमा स्का फोल्डिङको काम सिकेर आएको छु”, साउदले भने, “सरकारले केही काम दिएको भए हुन्थ्यो । यही काम गरेर जीविका चलाउन हुन्थ्यो ।”

वडा नं १ का ओमप्रकाश राजवंशी पनि कामको सिलसिलामा २१ वर्ष भारतको दिल्लीमा बसेर घर फर्किएका हुन् । उनले त्यहाँ बस्दा प्राविधिक सहयोगीको काम गर्थे । उनले हाउस किपिङको काम पनि सिकेका छन् ।

कोरोना महामारीको अप्ठ्यारोमा गाउँ फर्कनुभएका राजवंशी सरकारले आफूले सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने योजना बनाए विदेश नजाने बताउँछन् । “सवारी साधन चलाउने, मर्मत गर्ने सबै काम जानेको छु”, राजवंशी भन्छन्, “म हाउस किपिङको तालिम दिने काम पनि गर्छु, अब यही गर्न पाए किन भारत फर्कनु ?”

टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केका नागरिकलाई रोजगारी सिर्जना गर्ने नीति लिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्नका लागि रु ५० लाख रकम विनियोजन गरेको छ ।

“कोभिड–१९ का कारण स्वदेश फर्किएकाको माग र आवश्यकताका आधारमा रोजगार सिर्जना गर्ने खालका कार्यक्रम बनाउनेछौँ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, “स्वदेश फर्किएका युवाले काम गर्न चाहे नगरपालिका काम तथा सीप विकासमा सघाउन तयार छ ।”

नगरप्रमुख रावलले वैदेशिक रोजगारीमा गएर काम सिकेका नागरिकको सीपलाई सदुपयोग गर्न सके स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने र नगरपालिकाको विकास र आम्दानीमा टेवा पुग्ने बताए । टीकापुर नगरपालिकाको जनसङ्ख्या ९० हजार रहेको छ । तीमध्ये १८ हजार नागरिक रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा कार्यरत छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १० : २५ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र