कोरोना संक्रमण नियन्त्रणबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल जारी « Khabarhub

कोरोना संक्रमण नियन्त्रणबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल जारी


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेतालाई समेत राखेर कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीले आज विज्ञहरूलाई बालुवाटारमा बोलाएर लकडाउनपछिको कोरोना संक्रमणको अवस्थाबारे छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक र अन्य विज्ञहरू छलफलमा सहभागी छन् ।

छलफलमा मुख्य प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी छन् ।

गत ७ गते लकडाउन अन्त्य भएको निर्णय भसँगै कोरोना संक्रमण र संक्रमितको मृत्यु बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेका हुन् ।

नेपालमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले काठमाडौं, वीरगञ्ज, विराटनगर लगायतका केही शहरहरूमा समुदायमै कोरोना संक्रमण फैलिएको समेत बताउँदे आएका छन् ।

लकडाउन खुलेसँगै संक्रमण फैलिने जोखिम बढेको भन्दै जनस्वास्थ्य विज्ञहरूले फेरि लकडाउन गर्नुपर्ने सुझाव समेत दिन थालेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १२ : ४८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको