नेकपाको विवाद हल गर्न प्रचण्ड-बामदेवबीच छलफल « Khabarhub

नेकपाको विवाद हल गर्न प्रचण्ड-बामदेवबीच छलफल


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्न नेताहरुको दौडधुप जारी छ । आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

गौतमलाई भेट प्रचण्ड भैसेपार्टी पुगेका थिए । दुवै नेताबीच पार्टीको विवाद हल गर्ने विषयमा छलफल भएको थियो ।

उपाध्यक्ष गौतमले पार्टीको विवाद मिलाउन यहि श्रावण १३ गते ६ बुँदे प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनु हुदैन भन्ने पक्षमा उभिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।

अध्यक्ष प्रचण्डले गौतमसँग अहिलेको विवाद र समाधानका बारेमा छलफल गरेको बुझिएको छ । यस अघि प्रधानमन्त्री ओलीपनि यहि श्रावण १३ गते साँझ वामदेव निवास पुगेर फर्किएका थिए ।

प्रचण्डले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीमै सबै समस्याको समाधान खोजिनुपर्ने बताउदै आएका छन् ।

प्रधानमन्त्री ओलीले भने आफुले पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्ने बाहेक अन्य विषयमा मात्र छलफल गर्न तयार रहेको बताउदै आएका छन् ।

यसअघि अन्तिम पटक दुवै अध्यक्षबीच सोमबार छलफल भएपनि कुनै निष्कर्ष भने निस्किएको छैन । दुवै अध्यक्षबीच आज पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १ : ५५ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका