घुस लिएको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख पक्राउ « Khabarhub

घुस लिएको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख पक्राउ


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विजय राना सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

रानालाई अख्तियार अनुसन्धान आयोगको बुटबल कार्यालयले मंगलबार पक्राउ गरेको हो । उनी २ लाख रुपैयाँ घुस रकम लिँदालिँदै पक्राउ परेको जनाइएको छ । घुस दिएको आरोपमा एक व्यापारी समेत पक्राउ परेका छन् ।

रुपन्देहीका गुटखा उद्योगी तथा चिनी व्यवसायी अनिलकुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

बेलवासमा रहेको राजस्व अनुसन्धान कार्यालयमा गुटखा व्यापारीसँग मासिक घुस रकम बापत रकम लिँदै गरेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको आयोगका बुटवल प्रमुख डा. भीष्म भुसालले बताए ।

भुसालका अनुसार विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : ११ बजे

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक

सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर

एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज