आज एकैदिन काठमाडौंमा थपिए ६२ कोरोना संक्रमित « Khabarhub

आज एकैदिन काठमाडौंमा थपिए ६२ कोरोना संक्रमित


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

उनका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका ११ जना, काठमाडौंका ३८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना देखिएको छ ।  स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको भन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा  भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै आजमात्रै काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो उपत्यकामा ५१ जना संक्रमित थपिएका थिए। त्यसैगरी आइतबार ३१ जना संक्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : ४० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि