खनाल र नेम्वाङलाई साक्षी राखेर ओली-प्रचण्ड वार्तामा « Khabarhub

खनाल र नेम्वाङलाई साक्षी राखेर ओली-प्रचण्ड वार्तामा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहित नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा चार नेताबीचको छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

१३ साउनदेखि स्थायी कमिटी बैठक अनिश्चित बनेपछि दुई अध्यक्षबीच दिनहुँ छलफल चल्दै आएको छ। आइतबार झण्डै चार घण्टा छलफल चलेको थियो भने सोमबार दुई घण्टा छलफल भएको थियो।

लगातार छलफल भइरहेपनि दुवै पक्षले अडान छोडेका छैनन्। प्रचण्डको सर्तअनुसार, खनाल नेम्वाङ साक्षीका रुपमा बस्दै आएका छन्। प्रचण्डका तर्फबाट खनाल र ओलीका तर्फबाट नेम्वाङ साक्षी बसेका छन्।

प्रधानमन्त्री ओलीले अब महाधिवेशनमा जानुको विकल्प नभएको बताउँदै आएका छन्। तर, प्रचण्डले भने महाधिवेशनमै जाने निर्णय पनि स्थायी कमिटीबाट गर्नुपर्ने अडानमा छन्। केन्द्रीय कमिटीका सदस्यहरुले लिखित माग गरेकाले केन्द्रीय कमिटी बैठकबारे समेत स्थायी कमिटीमै छलफल हुनुपर्ने प्रचण्डको अडान छ।

ओलीले भने स्थायी कमिटी नभएर सचिवालयबाट सहमति जुटाउनुपर्ने पक्षमा छन्। ओलीले ३ साउनको सचिवालय बैठकलाई निरन्तरता दिनुपर्ने अडानमा छन्। त्यस दिनको सचिवालय बैठकमा ओलीले मंसीरमै महाधिवेशन गर्न पनि तयार हुनुपर्ने र त्यहीबाट अध्यक्ष छोड्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ०८ बजे

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा