मौरीको विषले स्तन क्यान्सर गराउने कोष मार्ने निष्कर्ष « Khabarhub

मौरीको विषले स्तन क्यान्सर गराउने कोष मार्ने निष्कर्ष


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अस्ट्रेलियाका वैज्ञानिकहरूले मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको प्रयोगशालामा गरिएका परीक्षणमा पत्ता लगाएका छन्।

उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल-नेगटिभ र एईआर-२) विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो।

यो परिणामलाई उत्साहजनक मानिएको छ। तर वैज्ञानिकहरूले थप परीक्षण आवश्यक भएको औँल्याएका छन्।

संसारभरि महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो।

वैज्ञानिकहरूका अनुसार हजारौँ यौगिकको मिश्रणले प्रयोगशाला परीक्षणमा क्यान्सर कोषसँग लड्ने देखिए पनि उपचारका लागि शरीरमा थोरै मात्रै प्रयोग गर्न सकिएको बताएका छन्।

अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखिएको पुराना अध्ययनहरूको निष्कर्ष छ।

पश्चिम अस्ट्रेलियाको ह्यारी पेर्किन्स इन्स्टिट्यूट अफ मेडिकल रिसर्चले अध्ययनको निष्कर्ष नेचर प्रिसिजन अन्कोलजी जर्नलमा प्रकाशन गरेको छ।

अध्ययनमा ३०० भन्दा बढी मौरीको विष परीक्षण गरिएको थियो।

अध्ययनको नेतृत्व गरेकी २५ वर्षीया सायरा डफीले मह बनाउने मौरीको विषबाट निकालिएको यौगिक थेरै प्रभावकारी भएको बताइन्।

विषको एउटा निश्चित मात्राले एक घण्टाभित्र क्यान्सरको कोषलाई मारेको र अन्य कोषलाई न्यूनतम हानि पुर्‍याएको बताइएको छ। तर अरू मात्रा दिँदा विषको असर बढेको थियो।

अध्ययनकर्ताहरूले मेलिट्टिले आफैँ क्यान्सर कोषको वृद्धिलाई बढ्न रोकिदिने वा निष्क्रिय पारिदिने पत्ता लगाएका छन्।

मेलिट्टिन मौरीको विषमा प्राकृतिक रूपमा पाइने भए पनि यसलाई कृत्रिम तरिकाले निर्माण गर्न पनि सकिन्छ।

स्तन क्यान्सर भएकामध्ये १० देखि १५ प्रतिशत महिलालाई ट्रिपल-नेगटिभ हुने र त्यसको उपचारमा हाल शल्यक्रिया, रेडिओथेरपी र कीमोथेरपी प्रयोग गरिन्छ। बीबीसीबाट

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ३३ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका