सरकारको ‘रवैया’का कारण पुल्चोकमा झडप : शिव सेना नेपाल « Khabarhub

सरकारको ‘रवैया’का कारण पुल्चोकमा झडप : शिव सेना नेपाल


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिव सेना नेपालले रातो मच्छिन्द्रनाथको रथ जात्रामा सरकारको गैरजिम्मेवारीपूर्ण व्यवस्थापनका कारण झडपको भएको जनाएको छ ।

कोरोना महामारीको यस विषम परिस्थितिमा पनि व्यवस्थापन पक्ष फितलो हुँदा झडप भएको शिव सेना नेपालले जनाएको हो ।

हिन्दूराष्ट्र तथा राजसंस्था पक्षधर शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले भने, ‘मच्छिन्द्रनाथको जात्रालाई यो देशको सरकारले जनता मुर्ख बनाउने संसद जस्तै सम्झिए । जसलाई जति बेला मन लाग्छ संसद आह्वान गर्छन्, मुड चलेको बेला बन्द गरिदिन्छन् । त्यस्तो संसद जस्तो होइन, मच्छिन्द्रनाथको जात्रा । यो मौलिकता नबुझ्नेहरुका कारण आज पुल्चोकमा झडप भएको हो ।’

अध्यक्ष बस्नेतले झडपमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । झडपमा शिव सेना नेपालकै ललितपुर जिल्ला अध्यक्ष प्रमोदनाथ श्रेष्ठ समेत घाइते भएको बस्नेतले जानकारी दिए ।

कोरोना महामारीलाई कारण देखाएर जात्रा रोक्ने भन्दा पनि सजग भएर जात्रा सुचारु गर्ने, परम्परा धान्ने दर्जनौं उपायहरु हुँदा हुँदै पनि सरकारले झडप निम्त्याउने कार्य गरेको भन्दै बस्नेतले सरकारी रवैयाको भर्त्सना गरे ।

उनले भने, ‘यो व्यवस्था र यी पात्रहरुबाट देश नचल्ने मात्रै होइन, हामी नेपाली जातीको मौलिकता पनि समाप्त हुँदैछ । सबैभन्दा ठूलो चिन्ता चाहिँ यो हो ।’

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ०७ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली