काठमाडौंमा मात्र थपिए ३८६ कोरोना संक्रमित, ३ महिलाको मृत्यु « Khabarhub

काठमाडौंमा मात्र थपिए ३८६ कोरोना संक्रमित, ३ महिलाको मृत्यु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा थप ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका ४५४ जनामध्ये ३८६ जना काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि हिजो काठमाडौंमा मात्र ३५७ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले ज्यान गुमाएका १४ जनामध्ये काठमाडौंका ३ जना महिला रहेका छन् ।

उनीहरु २२, ६७ र ८२ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयलको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो हालसम्मकै सर्वाधिक संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ०० बजे

गगनले मनोनयन गरेका कांग्रेस कार्यसमिति सदस्य के भन्छन् ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २८ वैशाखमा थप १९

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौं– नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय

पर्वतका किसानलाई माछाका भुरा निःशुल्क वितरण

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका किसानलाई

गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचियर

गण्डकी– शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्‍याउँदै

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप