काठमाडौंमा मात्र थपिए ३८६ कोरोना संक्रमित, ३ महिलाको मृत्यु | Khabarhub Khabarhub

काठमाडौंमा मात्र थपिए ३८६ कोरोना संक्रमित, ३ महिलाको मृत्यु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा थप ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका ४५४ जनामध्ये ३८६ जना काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि हिजो काठमाडौंमा मात्र ३५७ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले ज्यान गुमाएका १४ जनामध्ये काठमाडौंका ३ जना महिला रहेका छन् ।

उनीहरु २२, ६७ र ८२ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयलको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो हालसम्मकै सर्वाधिक संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ०० बजे

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा – पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु