काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी १ हजार ३५४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको हो ।
कुल संक्रमितमध्ये ५८ प्रतिशत संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा २००१ जना
प्रदेश २ मा ७३५७ जना
वाग्मती प्रदेश २०६७ जना
गण्डकी प्रदेशमा १७१७ जना
प्रदेश ५ मा ५२७६ जना
कर्णाली प्रदेशमा २१३७ जना
सुदूरपश्चिम प्रदेशमा ५००६ जना
२५ हजार ५ सय ६१ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाले ज्यान गएको छ । योसँगै शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया