जब अस्पतालको इमर्जेन्सी कक्षमै ‘ग्याङ फाइट’ भयो… [भिडियो] « Khabarhub

जब अस्पतालको इमर्जेन्सी कक्षमै ‘ग्याङ फाइट’ भयो… [भिडियो]


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा ग्याङफाइट भएको छ । उक्त ग्याङफाइटको भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा अस्पताल परिसरभित्रै दुई पक्षबीच झडप भएको थियो । अज्ञात समूहहरुले घाइतेहरुमाथि चिकित्सकमाथि कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । उक्त समूहले आकस्मिक कक्ष पनि तोडफोड गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

फुटेजमा केही युवाले अरुलाई अमानवीय तबरले जे भेट्यायो, त्यही प्रहार गरेर कुटेको देख्न सकिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले दुई समूहबीच पहिले रानीवनमा भलिबल खेल्ने क्रममा झडप भएको र पछि घाइतेलाई अस्पतालमा ल्याइएपछि अस्पतालमै कुटपिट गर्न अज्ञात समूह अस्पताल आएको थियो ।

प्रहरीले घटनामा संग्लग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्र बहादुर धानुक र सुदीप देवकोटा रहेका छन् । प्रहरीले बाँकीको खोजी भइरहेको जनाएको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ४२ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन