चन्द्रागिरीमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

चन्द्रागिरीमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंको चन्द्रागिरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मुगु सोरु गाउँपालिका– १० घर भई चन्द्रागिरी बस्ने २८ बर्षका लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका– १० घर भई चन्द्रागिरि बस्ने वर्ष २३ का रतनबहादुर शाही रहेका छन् ।

प्रहरीका अनुसार, एक हप्ताअघि काठमाडौँको चन्द्रागिरि– १ दहचोक बस्ने एक युवतीलाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए ।

पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रैहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ११ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको