गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाइने « Khabarhub

गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाइने


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार उक्त अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतमा फैसला कार्यान्वयन गरिएको बताइएको छ ।

पौडेललाई सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार र पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको छ ।

गोंगबूमा गत साउन २५ गते बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही घटनाका अभियुक्त पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ५२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ