मेस्सीले भने : म बार्सिलोनामै रहन्छु « Khabarhub

मेस्सीले भने : म बार्सिलोनामै रहन्छु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब नछाड्ने घोषणा गरेका छन्।

पछिल्लो दुई सातादेखि उनले बार्सिलोना छाड्ने बताउँदै आएका थिए। तर, केही समय अघिमात्र उनले अब यो सिजन बार्सिलोनामै रहने बताएका हुन् ।

अघिल्लो हप्ताको मंगलबार मेस्सीले बार्सिलोना छाड्ने भन्दै अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई पत्र लेखेका थिए।

बार्सिलोनाबाट सर्वाधिक गोलकर्ता मेस्सी गएको सिजनको उपाधिविहीन यात्राबाट आजित हुँदै क्लब छाड्ने योजनामा पुगेका थिए।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८-२ गोल अन्तरको लज्जास्पद हार पछि मेस्सीले क्लबका अध्यक्ष बर्तमोउलाई पत्र लेखेका थिए।

जसमा उनले आफ्नो भविष्य बार्सिलोनामा भन्दा बाहिर देखेको जनाएका थिए ।

बार्सिलोनाले नयाँ प्रशिक्षकका रुपमा आफ्नै पूर्व खेलाडी रोनाल्ड कोम्यानलाई भित्र्याइसकेको छ।

कोम्यानले मेस्सी सहितको बार्सिलोनाको परियोजना बनाएका समाचार आइसकेका छन्।

३३ वर्षीय मेस्सीका लागि प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले निकै कसरत गरेपनि मेस्सी स्पेनमै रहने घोषणापछि अहिलेलाई सिटीको प्रयास सबै अर्थहीन भएको छ।

६ पटकका बालन डिओर विजेता मेस्सीलाई क्लबमा राख्न बार्सिलोनाले पनि निकै कसरत गर्नु परेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ०० बजे

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन