कतारद्वारा एसियाडको ‘लोगो’ र ‘स्लोगन’ सार्वजनिक « Khabarhub

कतारद्वारा एसियाडको ‘लोगो’ र ‘स्लोगन’ सार्वजनिक


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारले सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आयोजना गर्ने जनाउँदै आधिकारिक लोगो र नारा सार्वजनिक गरेको छ ।

कतारले २०३० को २१ औं एसियाली खेलकुद दोहामा गर्ने दावी यसअघि नै गरिसकेको थियो ।

अहिले दोहा २०३० आयोजक शहरको दावी कमिटीले त्यसको लोगो र नारा सार्वजनिक गरेको हो ।

कतार ओलम्पिक कमिटीका अध्यक्ष तथा दोहा २०३० एसियन गेम्स बिडिङ कमिटीका प्रमुख शेख जोन बिन हमाद बिन खालिफाले कतारी खेलाडी र समितिका प्रतिनिधिहरुसँगको भर्चुअल  बैठकमा एसियाडको आधिकारिक लोगो र नारा सार्वजनिक गरेका हुन् ।

एसियाली खेलकुदको नारा ‘योर गेट वे’ राखिएको छ । लोगोले भने कतारको परम्परा, आधुनिकताको संयोजन र एसियाको स्थायी विरासतको साथ जादुयी खेलहरूको आयोजना गर्ने प्रतिबद्धतालाई प्रतिविम्वित गरेको छ ।

कतारले पछिल्लो १५ वर्षमा विश्वका ठूला खेल प्रतियोगिताहरुको सफल आयोजना गरिसकेको छ । यसअघि दोहाले सन् २००६ मा १५ औं संस्करणको एसियाली खेलकुदको आयोजना गरेको थियो ।

त्यसयता कतारमा एथलेटिक्स, ह्यान्डबल, जिम्न्यास्टिक्स जस्ता विश्व च्याम्पियनसिपको आयोजना भइसकेका छन् ।

गतवर्ष आइएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपको आयोजना गरेको कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दैछ ।

दोहाका साथै साउदी अरेवियाको रियाद शहरले पनि एसियाली खेलकुद २०३० को आयोजनाको दावी गरेको छ।

अब ओलम्पिक काउन्सिल अफ एसिया ओसिएको नोभेम्बर ३० मा बस्ने साधारण सभाले आयोजक राष्ट्र छान्नेछ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ५७ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ