चिनियाँ राष्ट्रपति सीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना « Khabarhub

चिनियाँ राष्ट्रपति सीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनका राष्ट्रपति सी चिनफिङले उनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड राष्ट्रिय सैनिक चिकित्सा केन्द्रमा भर्ना भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको सन्देशमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानियालाई सङ्क्रमण भएको खबरले हामीलाई दुःख लागेको छ । शीघ्र स्वास्थ्य लाभको कामना ।’

समाजिक सञ्जालमार्फत् पठाइएको सन्देशमा चिनियाँ राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनले सहानुभूति प्रकट गर्दै ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शनिबार नै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार तथा ट्रम्पका प्रतिस्पर्धी जो बाइडेन, पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत दर्जनौँ विश्व नेताहरूले सामाजिक सञ्जालमार्फत ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्पले केही दिन अस्पतालमा भर्ना भई उपचार गराउने बताइएको छ । यसैबीच ट्रम्पलाई गिलिड साइन्सेस नामक विश्व प्रसिद्ध औषधि कम्पनीले उत्पादन गरेको ‘रेमडेसिभिर’ चलाइएको ह्वाइट हाउसका चिकित्सक सिन कोन्लीले बताएका छन् ।

उनको उपचारका लागि सैनिक अस्पतालका साथै जोन हकिन्स विश्वविद्यालयबाट आएका विशेषज्ञ टोली खटाइने बताइएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अक्सिजन दिनु नपरेको चिकित्सक कोन्लीले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ३५ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित