चिनियाँ राष्ट्रपति सीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति सीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनका राष्ट्रपति सी चिनफिङले उनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड राष्ट्रिय सैनिक चिकित्सा केन्द्रमा भर्ना भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको सन्देशमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानियालाई सङ्क्रमण भएको खबरले हामीलाई दुःख लागेको छ । शीघ्र स्वास्थ्य लाभको कामना ।’

समाजिक सञ्जालमार्फत् पठाइएको सन्देशमा चिनियाँ राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनले सहानुभूति प्रकट गर्दै ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शनिबार नै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार तथा ट्रम्पका प्रतिस्पर्धी जो बाइडेन, पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत दर्जनौँ विश्व नेताहरूले सामाजिक सञ्जालमार्फत ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्पले केही दिन अस्पतालमा भर्ना भई उपचार गराउने बताइएको छ । यसैबीच ट्रम्पलाई गिलिड साइन्सेस नामक विश्व प्रसिद्ध औषधि कम्पनीले उत्पादन गरेको ‘रेमडेसिभिर’ चलाइएको ह्वाइट हाउसका चिकित्सक सिन कोन्लीले बताएका छन् ।

उनको उपचारका लागि सैनिक अस्पतालका साथै जोन हकिन्स विश्वविद्यालयबाट आएका विशेषज्ञ टोली खटाइने बताइएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अक्सिजन दिनु नपरेको चिकित्सक कोन्लीले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ३५ बजे

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै

लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत–चीनको सहमतिप्रति विद्यार्थी संगठनहरूको विरोध

काठमाडौं– भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय

१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे

गौर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग

काठमाडौं – सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र