अस्पतालबाट ट्रम्पको भिडियो सन्देश- मलाई राम्रो हुँदैछ, छिट्टै फर्किन्छु « Khabarhub

अस्पतालबाट ट्रम्पको भिडियो सन्देश- मलाई राम्रो हुँदैछ, छिट्टै फर्किन्छु


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसबाट संक्रमित भएपछि शुक्रबारदेखि उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका छन् ।

वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचाररत ट्रम्पले आइतबार ट्वीवटरमा ४ मिनेटको अर्को भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका हुन् ।

‘मेरो स्वास्थ्य अवस्था खासै राम्रो थिएन त्यसैले अस्पताल आएँ। अहिले म निकै राम्रो महसुस गरिरहेको छु । चिकित्सकहरूले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ,’ ट्रम्पले भिडियोमार्फत भनेका छन्, ‘म जसरी पनि फर्कनैपर्छ, किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनु छ । मलाई लाग्छ, म चाँडै नै फर्कनेछु।’

आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन्। ट्रम्पकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै ट्रम्पले अब केही दिन अस्पतालबाटै आफ्नो जिम्मेवारीका काम गर्ने जानकारी दिएकी छन्।

हाल राष्ट्रपति कार्यालयको डेस्क अस्पतालमै स्थापना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : ५५ बजे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न