म्याद गुज्रेका वस्तु बजार पठाउनेको सुटुक्क रिहा « Khabarhub

म्याद गुज्रेका वस्तु बजार पठाउनेको सुटुक्क रिहा


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेको कसुरमा पक्राउ परेका ७ जनालाई वाणिज्य विभागले सामान्य तारेखमा छोडेको छ ।

बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित ७ जनालाई विभागले उधारो धरौटीमा शुक्रबार सुटुक्क हिरासत मुक्त गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पुष्पादेवी बिरामी भएकाले छोडेको बताएका छन् । उनले भने, ‘उनी बिरामी रहेछिन्, धुरुधुरु रोएपछि छोड्यौं ।’ महानिर्देशक सुवेदीका अनुसार पुष्पादेवीका आफन्तले जग्गाको लालपूर्जा विभागमा बुझाएका छन् ।

आइतबार १ करोड धरौटी बुझाउने सर्तमा मुख्य आरोपी पुष्पादेवीसहित ७ जनालाई सामान्य तारेखमा छोडिएको स्रोतले बतायो । पक्राउ परेका ८ जनामध्ये भारतीय नागरिक रोनक बोथ्रा भने प्रहरी हिरासतमै छन् ।

ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, प्रिङ्गल्स र युनिलिभरका अधिकांश उत्पादनमा नयाँ लेभल लगाएको भेटिएको थियो । गुज्रिसकेको उपभोग्य मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेर बिहीबार वाणिज्य विभागको जिम्मा लगाएको थियो । जसमध्ये भारतीय नागरिक बोथ्राबाहेक अरु सबैजना शुक्रबार नै हिरासत मुक्त भएका हुन् ।

हिरासतमुक्त हुनेमा झापा चन्द्रगढी घर भएकी पुष्पादेवी अग्रवाल, रौतहटको गौर नगरपालिका–३ मजकुटिया घर भई हाल काठमाडौंको बल्खु बस्ने मौजिलाल ठाकुरको छोराहरु मुन्ना ठाकुर र पप्पु कुमार ठाकुर, महोत्तरीको बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने आसाराम सिंहको छोरा श्याम प्रसाद सिंह छन् ।

यसैगरी धादिङको गल्छी–३ कल्लेरी घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने कान्छा वयलकोटीको छोरा राम बहादुर बयलकोटी, धादिङको निलकण्ठ नगरपालिका–६ जल्केनी घर भई हाल काठमाडौंको कलंकी बस्ने बुदे उपरकोटीको छोरा सिताराम उपरकोटी र धादिङको सिद्धलेख गाउँपालिका–४ भेडावारी घर भई हाल काठमाडौंको बाफल बस्ने गुन्ज बहादुर थापामगरको छोरा दिलिप थापामगर पनि हिरासतमुक्त भएका छन् ।

भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नं. १३ घर भई हाल काठमाडौंको बाफल बस्ने मागोलाल बोथ्राको छोरा ३५ वर्षीय रोनक बोथ्रा भने हिरासतमै छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ३० बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर