न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा एकल इजलास मात्र सञ्चालन | Khabarhub Khabarhub

न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा एकल इजलास मात्र सञ्चालन


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ। केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए।

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए।

आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आएका छन्। न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ।

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए।

सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित भएका र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  २ : ०४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर