न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा एकल इजलास मात्र सञ्चालन « Khabarhub

न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा एकल इजलास मात्र सञ्चालन


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ। केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए।

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए।

आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आएका छन्। न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ।

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए।

सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित भएका र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  २ : ०४ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा