गाईबाच्छा उद्धार गर्न एम्बुलेन्स माग « Khabarhub

गाईबाच्छा उद्धार गर्न एम्बुलेन्स माग


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् । सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ।

उनका अनुसार खान नपाएर, विभिन्न रोगले ग्रसित भएर, कुकुरले टोकेर मान्छेले हिर्काएर गाईबाच्छा गर्दछन् ।

“असहाय गाईबाछा संरक्षण अभियानका नाममा स्वयंसेवी अभियान सञ्चालनमा छ, अभियानको आश्रयस्थलमा १०० भन्दा धेरै असहाय गाईबाच्छाले आश्रय पाएका छन्, हरेक दिन विभिन्न ठाउँबाट सडक दुर्घटनामा परेको वा विविध कारणले मरणासन्न बनेका गाईबाच्छाको उद्धारका लागि दर्जनौं फोन आउने गर्छ, हामीसँग प्रसस्तै मनहरु छन् तर उद्धारका लागि उचित साधन छैन” उनले भने ।

अभियानले एम्बुलेन्स खरिदका लागि आवश्यक स्रोत जुटाउन सार्वजनिक रुपमा आह्वान गरेको छ । एम्बुलेन्सले दिनभर उपत्यकाभित्र रहेका घाइते भएका र खानै नपाएका गाईबाच्छाको सेवा गर्ने जनाइएको छ । तीनै तहका सरकारसँग अभियानले एम्बुलेन्सको व्यवस्था गरिदिन आग्रह गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले गोठाटारमा उपलब्ध गराएको करिब १०० रोपनी क्षेत्रफलमा असहाय गाईबाच्छा जम्मा गरी आश्रय दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भेगमा पनि अभियानले २०७५ जेठ १ गतेदेखि असहाय गाईबाच्छालाई संरक्षण दिँदै आएको छ ।

पशुपति क्षेत्रमा छोडिने गाईबाच्छाको सङ्ख्या बढेपछि पशुपति क्षेत्र विकास कोषले छाडा छोड्न आउनेलाई जरिवाना लगाउन शुरु गरेको छ । हालसम्म दुईजनालाई जरिवाना गराइएको कोषले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ४७ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग