५ लाखको तमसुक बनाएर बलात्कारीलाई सफाइ ! « Khabarhub

५ लाखको तमसुक बनाएर बलात्कारीलाई सफाइ !


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सिराहामा १६ बर्षीया किशोरीलाई बलात्कार गरी आर्थिक लेनदेनमा मिलाउन खोजेको पाइएपछि प्रहरीले आरोपी युवकसहित पञ्चलाई पक्राउ गरेको छ ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० बर्षीय मुकेश साहले असोज १२ गते एक स्थानीयको घरमा १६ बर्षीया किशोरीको बलात्कार गरेको र सोही घटना बाहिर आएपछि ५ लाखको कपाली तमसुक बनाएर गाउँमै मिलाउन खोजिएको पाइएको छ ।

बलात्कारको घटना थाहा पाएपछि गाउँमा पञ्चायती बसेको थियो । पञ्चले अभियुक्तलाई उन्मुक्ति दिलाउन अभियुक्तका आफन्त सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जगवीर यादवको जिम्मा लगाएको थियो ।

प्रहरीका अनुसार सिंहेश्वर र शत्रुधनलाई ऋणी बनाएर तमसुक बनाइएको र उल्लेखित रकम पीडित परिवारलाई दिने सहमति भएको थियो ।

उक्त घटनाबारे सूचना पाएपछि प्रहरीले पञ्चायती बसेकामध्ये आठ जनासहित बलात्कार गरेको आरोप लागेका मुकेशलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले पञ्चायती गर्ने आठ जना पञ्चलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–१ का ५२ बर्षीय सिंहेश्वर साह, २२ बर्षीय अरविन्दकुमार साह, ४५ बर्षीय शत्रुधन साह, ४७ बर्षीय राजकुमार साह, ४२ बर्षीय राम उदगार यादव, ६१ बर्षीय जगवीर यादव, ४८ बर्षीय राजकुमार यादव, ३५ बर्षीय रौदी भनिने श्यामसुन्दर यादव रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ४२ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज