५ लाखको तमसुक बनाएर बलात्कारीलाई सफाइ ! | Khabarhub Khabarhub

५ लाखको तमसुक बनाएर बलात्कारीलाई सफाइ !


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सिराहामा १६ बर्षीया किशोरीलाई बलात्कार गरी आर्थिक लेनदेनमा मिलाउन खोजेको पाइएपछि प्रहरीले आरोपी युवकसहित पञ्चलाई पक्राउ गरेको छ ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० बर्षीय मुकेश साहले असोज १२ गते एक स्थानीयको घरमा १६ बर्षीया किशोरीको बलात्कार गरेको र सोही घटना बाहिर आएपछि ५ लाखको कपाली तमसुक बनाएर गाउँमै मिलाउन खोजिएको पाइएको छ ।

बलात्कारको घटना थाहा पाएपछि गाउँमा पञ्चायती बसेको थियो । पञ्चले अभियुक्तलाई उन्मुक्ति दिलाउन अभियुक्तका आफन्त सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जगवीर यादवको जिम्मा लगाएको थियो ।

प्रहरीका अनुसार सिंहेश्वर र शत्रुधनलाई ऋणी बनाएर तमसुक बनाइएको र उल्लेखित रकम पीडित परिवारलाई दिने सहमति भएको थियो ।

उक्त घटनाबारे सूचना पाएपछि प्रहरीले पञ्चायती बसेकामध्ये आठ जनासहित बलात्कार गरेको आरोप लागेका मुकेशलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले पञ्चायती गर्ने आठ जना पञ्चलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–१ का ५२ बर्षीय सिंहेश्वर साह, २२ बर्षीय अरविन्दकुमार साह, ४५ बर्षीय शत्रुधन साह, ४७ बर्षीय राजकुमार साह, ४२ बर्षीय राम उदगार यादव, ६१ बर्षीय जगवीर यादव, ४८ बर्षीय राजकुमार यादव, ३५ बर्षीय रौदी भनिने श्यामसुन्दर यादव रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ४२ बजे

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट