बडादशैंँलाई औपचारिकतामा सीमित गर्न आग्रह « Khabarhub

बडादशैंँलाई औपचारिकतामा सीमित गर्न आग्रह


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – भक्तपुर नगरपालिकाले यस वर्षको बडादशैंलाई औपचारिकतामा सीमित गर्न आग्रह गर्दै सरोकार पक्षसँग छलफल शुरु गरेको छ ।

भक्तपुरमा बडादशैंको महानवमीको दिन खःम्ये जात्रा, विजयादशमीको दिन ब्रम्हायणीमा मेला लाग्नेलगायत विशेष पर्व तथा पूजा हुने गर्छ ।

नगर प्रमुख सुनिल प्रजापति र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाभित्र कोरोना सङ्क्रमणको अवस्था भयावह बनिरहेका परिस्थितिमा नजिकिँदै गरेको दशैं भीडभाड कम हुने गरी औपचारिकतामा सीमित तथा ऐतिहासिक –सांस्कृतिक जात्रापर्व सामान्य रुपमा सुरक्षित ढङ्गले सम्पन्न गर्न सरोकार पक्षसँग आग्रह गरे ।

छलफलमा सरोकार प्रतिनिधिले दशैँमा कम भीडभाड हुने गरी जात्रा निर्धारित समयभन्दा छिटो सम्पन्न गर्नुपर्ने, जात्रा हुने स्थानमा स्वयंसेवक परिचालन गरी भीड कम गराउनुपर्ने, भीड जम्मा हुनेखालका बाजागाजा बन्द गर्नुपर्ने, माइकिङमार्फत नगरवासीलाई सचेत रहन आग्रह गरिरहनुपर्नेलगायत सुझाव दिएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ३८ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न