बडादशैंँलाई औपचारिकतामा सीमित गर्न आग्रह « Khabarhub

बडादशैंँलाई औपचारिकतामा सीमित गर्न आग्रह


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – भक्तपुर नगरपालिकाले यस वर्षको बडादशैंलाई औपचारिकतामा सीमित गर्न आग्रह गर्दै सरोकार पक्षसँग छलफल शुरु गरेको छ ।

भक्तपुरमा बडादशैंको महानवमीको दिन खःम्ये जात्रा, विजयादशमीको दिन ब्रम्हायणीमा मेला लाग्नेलगायत विशेष पर्व तथा पूजा हुने गर्छ ।

नगर प्रमुख सुनिल प्रजापति र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाभित्र कोरोना सङ्क्रमणको अवस्था भयावह बनिरहेका परिस्थितिमा नजिकिँदै गरेको दशैं भीडभाड कम हुने गरी औपचारिकतामा सीमित तथा ऐतिहासिक –सांस्कृतिक जात्रापर्व सामान्य रुपमा सुरक्षित ढङ्गले सम्पन्न गर्न सरोकार पक्षसँग आग्रह गरे ।

छलफलमा सरोकार प्रतिनिधिले दशैँमा कम भीडभाड हुने गरी जात्रा निर्धारित समयभन्दा छिटो सम्पन्न गर्नुपर्ने, जात्रा हुने स्थानमा स्वयंसेवक परिचालन गरी भीड कम गराउनुपर्ने, भीड जम्मा हुनेखालका बाजागाजा बन्द गर्नुपर्ने, माइकिङमार्फत नगरवासीलाई सचेत रहन आग्रह गरिरहनुपर्नेलगायत सुझाव दिएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ३८ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।