त्रिविको अनुसन्धानमूलक जर्नल « Khabarhub

त्रिविको अनुसन्धानमूलक जर्नल


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको अनुसन्धानमूलक ‘जर्नल’ को आज भर्चुअलरुपमा लोकार्पण गरेका छन् ।

त्रिवि अनुसन्धान केन्द्रद्वारा प्रकाशित सो जर्नलमा कोभिडसम्बन्धी १९ अनुसन्धानमूलक सामग्री छन् ।

मन्त्री पोखरेलले बन्दाबन्दीपछिको स्थितिमा अनलाइन कक्षा र अनुसन्धानका क्षेत्रमा त्रिविले गरेका कार्य उल्लेखनीय भएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले आफ्ना स्वास्थ्यविज्ञले देशभरि कोभिड –१९ प्रयोगशाला निर्माण र विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै देशलाई कोभिडको जोखिमबाट सुरक्षित बनाउन योगदान गरिरहेको बताए ।

कोभिडलगायत स्वास्थ्यसम्बन्धी अन्य विषयमा अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्वविद्यालयबीच सम्झौता भई कार्य अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : ४३ बजे

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।