जापानमा कोभिड–१९ बाट थप ३९७ सङ्क्रमित « Khabarhub

जापानमा कोभिड–१९ बाट थप ३९७ सङ्क्रमित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा आइतबार थप ३९७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो तथ्याङ्कमा सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा पुगेका ७१२ सङ्क्रमितको सङ्ख्या समावेश गरिएको छैन ।

जापानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या पानी जहाजका १४ सहित एक हजार ६१३ पुगेको छ ।

जापानमा आइतबारसम्ममा गम्भीर विरामीको सङ्ख्या १३३ रहेको छ । उनीहरूमध्ये केहीलाई भेन्टिलेटरको सहयोग उपलब्ध गराइएको छ भने केहीलाई सघन कक्षमा राखी उपचार सेवा प्रदान गरिराखिएको छ ।

जापानको सङ्क्रमणको केन्द्रविन्दु राजधानी टोकियोमा आइतबार १०८ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ । राजधानीमा लगातार छैठौँ दिन १०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

जापानको राजधानी टोकियोमा ४७ प्रशासकीय क्षेत्रमध्ये सबैभन्दा बढी कूल २६ हजार ४८४ सङ्क्रमित भएका पुष्टि भएको छ ।

जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : २० बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार