विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्छ: मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्छ: मुख्यमन्त्री पोखरेल


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश पाँचका मुख्यमन्त्री शंंकर पोखरेलले निर्णयमा चित्त नबुझे विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्ने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा नयाँ संरचना निर्माण गरेर यस प्रदेशका बासिन्दाको साझा मनोविज्ञान तयार पारिने बताए ।

उनले भने, ‘बुटवलबाट राजधानी सार्न लागेको होइन ,भालुवाङमा स्थायी संरचना नबन्दासम्म त्यहीं रहन्छ, राजधानी सर्ने भन्दा पनि नयाँ पुस्ताका लागि नयाँ ठाउको विकास गर्न लागिएको हो ।’

मुख्यमन्त्री पोखरेले राजधानी कहाँ रहने भन्ने बिषय प्रदेशसभाले तय गर्ने कुरा भएको जनाउँदै पार्टीका शीर्ष नेताहरूसँग छलफल भइरहेको पनि बताए ।

उनले बुटवलबाट राजधानी सार्न खोजेको भन्दै पार्टी महासचिव विष्णु पौडेलप्रति भैरहेको टिकाटिप्पणी प्रति असन्तुष्टि समेत जनाए । साथै उनले राष्ट्रिय राजनीतिको एक सम्मानित व्यक्तिमाथि प्रदेश राजधानीको बिषयलाई लिएर गरिने टिप्पणी अशोभनीय भएको पनि बताए ।

मुख्यमन्त्री पोखरेलले प्रतिपक्ष दललाई समेत सहमतिमा लिएर यस बिषयमा अघि बढ्ने बताए ।

यसैबीच महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दहाललाई प्रदेश पाँचको राजधानी बुटवलमै राख्नुपर्ने माग गरेका छन् ।

प्रदेश पाँचका मुख्यमन्त्री पोखरेल सहित नेता जनार्दन शर्माको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षसँगको भेटमा महासचिव पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : ०३ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका