पानीमा लठ्याउने औषधि खान दिएर गाडीमै सामूहिक बलात्कार ! « Khabarhub

पानीमा लठ्याउने औषधि खान दिएर गाडीमै सामूहिक बलात्कार !


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका­१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङ घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले यही असोज १६ गते बिहान ११ बजे किशोरीलाई रत्नपार्कबाट भक्तपुर आउने बसमा राखी पानीमा बेहोस हुने औषधि खुवाएर सूर्यविनायक ल्याई नम्बर नखुलेको बसमा १७ गते बिहान १० बजेसम्म सामूहिक बलात्कार गरेका थिए ।

सोही दिन बिहान ११ बजेदेखि राति करिब १० बजेसम्म चाँगुनारायण नगरपालिका­८ तवियाखुसीस्थित खोला किनारामा पार्किङ्ग गरिराखेको बा.३ ख. २६१२ नम्बरको बसमा लगेर समेत सामूहिक बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

पीडित किशोरीले तीन युवाको चुंगलबाट फुत्की प्रहरीकोमा पुगेर घटनाबारे जानकारी गराएपछि प्रहरीले शनिबार नै दुईजना आरोपीलाई पक्राउ गरेको थियो । एकजना भने फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आज जिल्ला अदालत भक्तपुरमा जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दायर गरी पक्राउ परेकालाई सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : १५ बजे

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।