टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो « Khabarhub

टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन् ।

टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । टर्कीको तेस्रो ठूलो शहर एजमिरमा पीडित दुई जना मारिएका थिए । ग्रीकेली द्वीप सामोसमा दुई किशोरको मृत्यु भएको थियो ।

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरुमा खोज तथा उद्धार कार्य सकिएको जनाएको छ ।

उक्त निकायले एक हजार ३५ जना घाइते भएका र १३७ जना अझै अस्पतालमा उपचार गराइरहेको बताएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपति रिसेप तायिप एर्डोगानले अन्तिम क्षणसम्म खोजी र उद्धार कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उद्धारकर्ताहरुले भूकम्प गएको ९० घण्टापछि भत्किएको घरबाट एक जना ३ वर्षीया बालिकालाई जीविकै उद्धार गर्न सफल भएका थिए ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ७.० म्याग्नीच्यूडको गएको जनाएको छ ।

उक्त भूकम्पको धक्का राजधानी इस्तानबुल र ग्रीसको राजधानी एथेन्स समेत पश्चिम टर्कीको ठूलो क्षेत्रमा अनुभव गरिएको थियो । गत शुक्रबारको पहिलो भूकम्प पश्चात एक हजार ७०० भन्दा बढी पटक परकम्प गइसकेका छन् । तीमध्ये ४ रेक्टरभन्दा ठूला ४५ पटक परकम्प गइसकेका छन्

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : ५९ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने