स्वास्थ्य मन्त्रालयको आग्रह : संक्रमण देखिँदा आफूखुशी औषधि नखानुस् « Khabarhub

स्वास्थ्य मन्त्रालयको आग्रह : संक्रमण देखिँदा आफूखुशी औषधि नखानुस्


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरीरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमाफर्त जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्कम असर पर्ने बताए ।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे ।

उनले कोरोना संक्रमित भइसकेपछि एक्लै कोठमा बस्दा अत्यास लाग्नु स्वभाविक भएकाले त्यस्तो समयमा कोठामै बसेर गर्न सकिने आफ्नो इच्छा अनुसारका कार्य गरेर समय व्यतित गर्न पनि आग्रह गरे ।

डा गौतमलले कोरोना संक्रमणको लक्षण मध्ये स्वाद हराउनु पनि भएकाले खाना मन नलागे पनि प्रतिरोधात्मक शक्ति बढाउन स्वस्थकर खाना खान पनि सुझाव दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ०५ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार