रोहिंग्या शरणार्थीलाई असुरक्षित स्थानमा राख्न खोजिएकोमा अधिकारकर्मीको विरोध « Khabarhub

रोहिंग्या शरणार्थीलाई असुरक्षित स्थानमा राख्न खोजिएकोमा अधिकारकर्मीको विरोध


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बंगलादेशले सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकामा सार्न थालेकोमा अधिकारकर्मीहरूले विरोध जनाएका छन् ।

अधिकारवादी समूहहरूका अनुसार आँफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न लागेको भन्दै मानिसहरूलाई त्यहाँबाट भाग्न बाध्य भएको बताएका छन् ।

करीव १० लाख रोहिंग्यामध्ये अधिकांश २०१७ मा छिमेकी म्यानमारमा सैन्य आक्रमण भएपछि विस्थापित भई बङ्गलादेशको दक्षिणी क्षेत्रमा रहेका अव्यवस्थित शिविरहरूको विशाल नेटवर्कमा बस्दै आएका छन् ।

शरणार्थीमध्ये धेरैले म्यानमारमा आफूहरूको असुरक्षा भएको भन्दै फिर्ता हुन अस्वीकार गरेका थिए । तर बङ्गलादेशले उनीहरूमध्ये धेरै हिंसात्मक लागु औषध कारोबारको गिरोह र सक्रिय चरमपन्थीको साथमा सम्लग्न रहेको हुनसक्ने भन्दै फिर्ता गर्न वा आफ्नो वस्तीहरूबाट टाढा पठाउन खोज्दै आएको छ ।

यसैकारण सरकारले शिविरहरू हटाउन हतार गरेको विश्लेषणहरू भएका छन् ।

क्षेत्रीय प्रहरी प्रमुख अनवर हुसैनले शरणार्थीलाई सारिएकोबारे पुष्टि गर्दै भने, ‘बिहीबार २० वटा बसमा दुई पटकमा एक हजारभन्दा बढी शरणार्थीलाई कोक्स बजारबाट बन्दरगाह शहर चटगाउ आसपासका स्थानका शिविरमा सारिएको छ ।’

चटगाउँबाट शरणार्थीहरूलाई बङ्गलादेशको नौसैनिकको पानीजहाजबाट भसन चार टापुमा लग्न लागिएको अधिकारीहरूले बताए ।

बङ्गालको खाडी नजिकै रहेको ५२ वर्गकिलोमिटर खाली जमिनमा शिविर बनाई सरकारको पहलमा सेनाले उनीहरूलाई त्यहाँ राख्न लागेको हो ।

उक्त स्थानमा करिब एक लाख शरणार्थी राख्न सकिने गरी शिविरहरू बनाइएको छ ।

तर बङ्गालको खाडीबाट नजिक रहेको स्थान कोक्स बजारभन्दा निकै गहिराईमा रहेको र यहाँ केही वर्ष पहिले ठूला सामुद्रिक छाल आई करिब चारदेखि पाँच मिटर पानी भरिएको स्थानीयलाई उद्धृत गर्दै अधिकारवादी समूहहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ४० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क