कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित « Khabarhub

कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा उत्कृष्ट काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।

कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले तपन कुमार राई र मोहन बहादुर थापालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार प्रदान गरेको हो ।

उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो रकम प्रदान गरेका हुन् ।

सम्मानित हुने राई सन् २०१० मा कतार आएका थिए । पहिले निर्माण अर्थात् कन्सट्रक्सनमा काम गरेका उनी त्यसपछि ट्रेड कामदारमा प्रोमोसन भएका थिए । नेपालको पश्चिमी दुर्गम गाउँमा हुर्किएका उनी निर्माण सम्बन्धी धेरै काममा पोख्त रहेका छन् ।

आफू नसिर अल अलि ईन्टरप्राईजेज जस्तो कम्पनीमा काम गर्न पाएकोमा एकदमै खुशी रहेको बताए ।

सम्मानित हुने थापा पनि सन् २०१० मै कतार प्रवेश गरेका थिए । सहयोगी अर्थात् हेल्परको रूपमा पहिले काम गरेका र अहिले सबै काममा आफू पोख्त भैसकेको उनी बताउँछन् ।

नेपालीहरुसंगै कम्पनीले दुई श्रीलंकन कामदार चिंताना कुमारा र थिया गराजाहा पी साम्मुभेललाई पनि जनही १५ हजार कतारी रियलसहित सम्मान गरेको छ ।

कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारलाई प्रोत्साहनस्वरुप सुनको सिक्का, नगद इनाम र प्रमाणपत्र दिने गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : २० बजे

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा – ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

सुर्खेत – कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

काठमाडाैँ –  पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे