संयुक्त राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो « Khabarhub

संयुक्त राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसंघीय आयोगले गाँजालाई सबैभन्दा बढी जोखिमपूर्ण लागुऔषधको सूचीबाट हटाएको छ।

राष्ट्रसंघको पछिल्लो बैठकले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको हो।

अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग गर्न आवश्यक नियमन गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९६१ देखि खेती गर्न, ओसारप्रसार र सेवन गर्न प्रतिबन्ध लगाइएको गाँजाबारे आयोगका ५३ सदस्यमध्ये २७ जनाले उक्त प्रतिबन्धबाट फुकुवा गर्न मतदान गरेका थिए । उक्त निर्वाचनमा २५ जनाले विरोध गर्नुको साथै एकजना अनुपस्थित रहेको बताइएको छ।

राष्ट्रसंघको सो आयोगका निर्णय अनुसार उक्त गाँजासम्बन्धी अनुसन्धान गर्न र मनोरञ्जनको साधन र औषधीय गुणको रुपमा कानुनी रुपमा अङ्गिकार गर्ने अन्य देशहरुलाई पनि प्रेरित गर्ने बताइएको छ।

करिब ५९ वर्षसम्म गाँजालाई उपचार पद्धतिमा प्रयोग गर्न समेत कडा रुपमा प्रतिबन्ध लगाइएको थियो। अहिलेसम्म ५० वटा देशहरुले गाँजाको औषधीय गतिविधिलाई अङ्गिकार गरिसकेका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ५५ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले