डिसेम्बर महिना आर्थिक रुपले कुन राशीलाई कस्तो लाभ ? « Khabarhub

डिसेम्बर महिना आर्थिक रुपले कुन राशीलाई कस्तो लाभ ?


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०२० को अन्तिम महिना आर्थिक पक्षमा कस्तो रहनेछ, जान्नुहोस् राशी अनुसारको फल ।

१. मेष राशी
यस महिना मेष राशीलाई वित्तीय मामलामा सफलता प्राप्त हुनेछ । आम्दनीका नयाँ नयाँ स्रोतहरु निर्माण भई राम्रो जागिर वा तलब पाउने संभावना रहनेछ ।

२. वृष राशी
वृष राशीले यस महिना मन अनुसारको बचत गर्न पाउने छैनन् । यो महिना आवश्यकता बिनाका काममा धन खर्च हुनेछ । केहि साथीलाई आर्थिक सहयोग गर्दा हानी हुनसक्छ ।

३. मिथुन राशी
यस राशीलाई यो महिना आर्थिक दृष्टिमा राम्रो छैन । यस पटक आम्दनी घट्न सक्छ । घरका काम वा कार्यक्रममा अत्यधिक खर्च हुने समय रहेको छ ।

४. कर्कट राशी
यो महिना कर्कट राशीका व्यक्तिका लागी आर्थिक पक्षमा चिन्ता गर्न आवश्यक छैन । यो समय आर्थिक पक्ष मजबूत भएका कारणले कारोबारमा इच्छानुरूप फल प्राप्त हुनेछ ।

५. सिंह राशी
सिंह राशीले यो महिना आर्थिक कार्यमा सफलता पाउने छ । धनको मनोवाञ्छित फल प्राप्त हुनेछ । जीवनसाथीको सहयोगमा आयको थप श्रोत बढ्नेछ ।

६. कन्या राशी
कन्या राशीका लागी यो महिना आर्थिक पक्षमा केहि चिन्ताजनक रहन सक्छ । दाजुभाई दिदिबहिनीका बिषयमा धन खर्च हुदाँ बहस हुनसक्छ ।

७. तुला राशी
तुला राशीका लागी यो महिना आर्थिक पक्ष सामान्य रहनेछ । यो समय अधिक मुल्यवान् सम्पती जोड्ने मनसाय बन्नाले त्यसतर्फ खर्च हुनसक्छ ।

८. वृश्चिक राशी
वृश्चिक राशीले यो महिना आर्थिक जीवनमा सावधानीका साथ रहन आवश्यक छ । फजुल खर्च गर्नुअघि बच्नुहोला । धनको कामअघि मातापिताको मार्गदर्शन लिनुहोला ।

९. धनु राशी
धनु राशीलाई यो महिना आर्थिक दृष्टिले सोच अनुसारको रहने छैन । महिनाभरी आर्थिक अभाव रहन सक्छ । अचानक स्वास्थ्य बिग्रदा यसमा खर्च बढ्न सक्छ ।

१०. मकर राशी
मकर राशीले यो महिना आर्थिक पक्ष को मजबूत गर्न गरेको प्रयाश सार्थक भएर जानेछ । यस महिना निकै धन प्राप्त हुनसक्छ । तर बचतको उचित उपाय नुहदा खर्च हुनसक्छ ।

११. कुम्भ राशी
कुम्भ राशीले घरमा खर्च गर्ने समय रहेको छ । यो बेला आफन्तजनबाट हुने आर्थिक सहयोगका अलावा अरुको सहयोग नपाउन सकिन्छ ।

१२. मीन राशी
मीन राशीले यो महिनामा बचत गर्न सक्षम रहनेछ । सरकारी काममा अड्किएको धन यो महिनामा निकास हुने संभावना रहनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : १९ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले