मानवसेवा आश्रमलाई वर्ल्डलिंकको निरन्तर सहयोग « Khabarhub

मानवसेवा आश्रमलाई वर्ल्डलिंकको निरन्तर सहयोग


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ ।

वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक दोय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मुल्य बराबरको न्यानो कपडा वितरण गरेका हुन् ।

कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रिमा तयार गरिएको हो । हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निशुल्क उपलब्ध गराउदै आइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको समुद्घाटनको समयमा सुरुवातमा लाग्ने सम्पुर्ण खर्च (१० लाख) समेत उपलब्ध गराएको थियो ।

No description available.

मानवसेवा आश्रम २०७८ सालभित्र बाध्यात्मकरुपमा खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखि सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रम सञ्चालित रहेको छ ।

वर्ल्डलिंक विगत २५ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो। वर्ल्डलिंक इसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी हो, जसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन । वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो कर दाता कम्पनी हो ।

वर्ल्डलिंकको नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज छ । कम्पनीका ४ लाख ७ हजारभन्दा बढी ग्राहक छन । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  २ : ३४ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत