वीर अस्पतालका आन्दोलनरत कर्मचारी र प्रशासनबीच ५ बुँदे सहमति « Khabarhub

वीर अस्पतालका आन्दोलनरत कर्मचारी र प्रशासनबीच ५ बुँदे सहमति


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वीर अस्पतालका आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनका पदाधिकारीबीच सहमति भएको छ । आन्दोलनको ४६ औं दिनमा आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति भएको हो ।

अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार सहमतिपछि विरोधका सबै कार्यक्रम स्थगित गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र आदोलनरत कर्मचारीबीच भएको सहमति कार्यान्वयन हुन भने ६ हप्ता लाग्ने जानकारी दिए ।

यस्तो छ ५ बुँदे सम्झौता

१.मागमा सम्बन्धमा कोभिड भत्ता वितवरणमा देखिएका त्रुटि सम्बोधनमा अस्पताल प्रशासन र आन्दोलरत पक्षको प्रतिनिधि समेतको समिति बनाई समानूपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने व्यवस्था गर्ने । कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने । कर्मचारीहरूले पाउने आ.व ०७६/०७७ को औषधि खरिद खर्च कार्यकारी परिषद्बाट निर्णय गरी आगामी ७ दिनमा उपलब्ध गराउने । सेवा विस्तार भत्ताका सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने ।

२.अस्पतालका पूर्ववत् सेवाहरूसहित थप सेवाहरू अझै प्रभावकारी रूपले सञ्चालन गर्ने ।

३. प्रतिष्ठानमा सेवातर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने ।

४. सम्मानित सर्वोच्च अदालतको फैसाला बमोजिमः

क) चि.वि.रा.प, राष्ट्रिय ट्रमा सेन्टरलाई चि.वि.रा.प्र वीर अस्पतालअन्तर्गत रहने गरी भएको निर्णय कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष अनुरोध गर्ने ।

ख) प्रतिष्ठानमा कार्यरत कर्मचारीको वृत्ति विकास चि.वि. र.प्र ( कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी) नियमावली बमोजिक गराउने ।

५.उपरोक्त बुँदाहरूमा उल्लेखित सहमति बमोजिमको कार्यान्वन्यका लागि आजैका मितिबाट बन्द ताला खोली ६ हप्ता सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि