बालिका बलात्कारका आरोपी दुई पक्राउ « Khabarhub

बालिका बलात्कारका आरोपी दुई पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ ।

गत वर्ष साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार गरेका आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई आज डेढ वर्षपछि सर्केगाड– ६ बाट पक्राउ गरिएको हो ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए ।

घटनालगत्तै पक्राउ परेका दुई जना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एक जना नाबालक भएकाले बालसुधारगृह हिरमुनिया बाँकेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ४४ बजे

क्रिकेट खेलाडी गुलशन झा सम्मानित

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झालाई आज सर्लाही

बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो

काठमाडौँ – बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई आज स्वदेश फर्काइएको

धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा

बेलायत र इजरायलका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ – बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायली समकक्षी बेन्जामिन नेतन्याहुसँग

गृहले गर्‍यो १० सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर