बहुविवाहको आरोपमा वडाध्यक्ष कुमाई पक्राउ | Khabarhub Khabarhub

बहुविवाहको आरोपमा वडाध्यक्ष कुमाई पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– बहुविवाह गरेको आरोपमा सल्यानका एक वडाध्यक्ष प्रक्राउ परेका छन्। बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र बहादुर कुमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्षसँगै तेस्रो बिहे गरेकी उनकी श्रीमती भनिएकी ग्वाँमी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घरमा २ श्रीमती र दुवै श्रीमतीका गरी ४ छोराछोरी हुँदाहुँदै तेस्रो बिहे गरेका भनी स्थानीय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह कसुरमा उजुरी दिएका थिए। ती वडाध्यक्ष कुमाईले भाइटीकाका दिन उनै विष्टलाई भगाएका थिए।

उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट प्रक्राउ पुर्जी लिई आरोपित दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।

प्रक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको ओलीले बताए।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ३१ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति