हिमपातले टेलिफोन र बिजुली अवरुद्ध | Khabarhub Khabarhub

हिमपातले टेलिफोन र बिजुली अवरुद्ध


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ ।

बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत अवरुद्ध भएका छन् । लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण सडकसमेत हिमपातलेअवरुद्ध बनाएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ ।

दूरसञ्चार कार्यालय डडेल्धुराका शिवराज बोहराले हिमपातले अवरुद्ध सञ्चार सेवालाई सुचारु बनाउन प्रयास भइरहेको जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडेल्धुराले विद्युतसेवा सुचारु बनाउन प्रयास भैराखेको जनाएको छ । विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्याधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका तीन दिनदेखि अन्धकारमय बनेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ३५ बजे

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा

यी भूभागमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था

सुन्दरताले भरिपूर्ण ‘दिज गाउँ’ ओझेलमा

बागलुङ– वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी ।