निकै खतरनाक हुन्छ नकारात्मक सोच, यसरी गर्नुहोस् कम « Khabarhub

निकै खतरनाक हुन्छ नकारात्मक सोच, यसरी गर्नुहोस् कम


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसको ब्यवहार उसको सोचमा निर्भर रहन्छ । यदि सोच सकारात्मक भयो भने मानिसले हरेक क्षेत्रमा सकारात्मक प्रभाव राख्न सक्छ । तर कतिपय मानिसमा नकारात्मक सोच रहने गरेको छ ।

अरुले गरेको प्रगती वा सफलतामा ईष्या गर्ने वा अरुले खाएको, लाएकोमा रिस डाह गर्नेहरु आफ्नै जीवनसँग गुनासो गर्दछन् । तर यस्तो हुदैँ गएमा जीवनमा असन्तुष्टि, उदासीपन एवं निराशा उत्पन्न हुन्छ र विस्तारै नकारात्मक सोचको विकास हुन्छ ।

नकारात्मक सोच राख्नेहरु जीवनमा नकारात्मक भावनालाई हावी हुन दिन्छन् जसका कारण उनीहरुलाई विभिन्न मानसिक तथा शारीरिक रोगको खतरासमेत हुन्छ ।

लक्षण

नकारात्मक सोचले गर्दा मानिसको आत्मविश्वास हराउँदै जाने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिनँ जस्तो लाग्ने, बोल्न डराउने, निराश हुने जस्ता लक्षण देखिन्छन् ।

यदि कुनै मानिस लगातार खिन्न छ वा उदास रहन्छ भने उसमा नकारात्मक सोचको विकाश हुदै जान्छ । उसलाई कुनै पनि माहौलमा नरमाइलो लाग्ने, अरुचि हुने, हिनताबोधले सताउने साथै डिप्रेसन समेत हुनसक्छ ।

अझ कतिपय मानिस नकारात्मक सोच हावि भए कसैप्रती विश्वास नगर्ने, आफन्तजनलाई नै घृणा गर्ने र आफैलाई मार्ने षड्यन्त्र भएको भन्दै हिंस्रक सम्म बन्ने गर्दछन् ।

यसरी नकारात्मक सोच आउनुको कारण धेरै आत्तिने, अग्लो स्थानमा जान डराउने, लिफ्ट चड्न नसक्ने, बन्द कोठा वा बत्ति निभाएर बस्न नसक्नेहरुमा बढि हुने गर्दछ ।

यसको समयमै उपचार भएन भनेन गम्भिर घटना समेत हुनसक्छ । यसरी नकारात्मक सोच आउनु भनेको संगतको असर पनि हुने गर्दछ । अभिभावकमा नकारात्मक सोच छ भने बालबालिकामा समेत त्यसको असर देखिन्छ । कतिपय अवस्थामा बच्चाहरुलाई डराएर राख्ने गर्दा पनि भोलिका दिनमा ति बालबालिकामा नकारात्मक सोचको विकाश हुन्छ ।

कसरी कम गर्ने

नकारात्मक भावना नियन्त्रण गर्न अरुको सहायता भन्दा पनि आफ्नो मनलाई स्वयम्ले नियन्त्रण गर्न सक्नुपर्छ । आफ्ना बालबालिकामा नकारात्मक सोच आउन नदिन सानै बेलादेखि विशेष ध्यान दिनुपर्छ ।

बोल्न लजाउने वा कुनै काम प्रति चासो नदिने भए उनिहरुलाई फकाएर ति काम गर्न लगाउनु पर्छ । ठुलाले पनि जे कुरामा डर लाग्छ, त्यसको खुलेर सामना गर्नुपर्छ । यसो गर्नाले नकारात्मक सोच हट्दै जान्छ ।

साथै जे विषयमा आफ्नो भावना गलत भएको छ त्यो बिषयमा साथीभाइसँग खुलेर कुरा गर्नाले पनि नकारात्मक सोच हटेर जान्छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ४२ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि