दाँतको समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी १० उपाय | Khabarhub Khabarhub

दाँतको समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी १० उपाय


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मानिसको सौन्र्दयको एक हिस्सा दाँतलाई मानिन्छ । मिलेका र सेता दाँत भएमा यसले स्वतः मानिसको ब्यक्तित्वलाई सकारात्मक प्रभाव पार्छ । तर आजकल गलत खानपान र गलत ब्यवहारका कारणले कतिपय मानिसको दाँत पहेँलो हुने, कालो कस बस्ने, कुहिने र दाँतमा पीडा हुने गर्दछ ।

जसको समयमा उपचार गराउनु आवश्यक हुन्छ । तथापी मानिसहरु दाँतमा आएको पिडालाई खासै महत्व दिदैनन् र हेलचेक्र्याइँ बेवास्ता गर्दछन् । यस्तोमा दातँ बिग्रने, झर्ने वा कुहिने सम्म हुन्छ ।

किन आउँछ दाँतमा समस्या

१. सुर्तीजन्य पदार्थको सेवन
यदि कोहि ब्यक्ति लगातार सुर्तीजन्य पदार्थको सेवन गरीरहेको छ भने यसले गिजाँमा हानि पुर्याउनुका साथै दात कालो वा पहेलो हुने गर्दछ । त्यसैले चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थको प्रयोग त्याग्नु पर्छ ।

२. जंकफुड
बजारमा पाइने प्याकेट बन्द खानेकुरा वा कोल्ड ड्रिंकजस्ता पेयपदार्थले दाँतलाई हानी गर्दछ । यसले दाँतको इनामेलमा नोक्सान र्पुयाउँछ । धेरै गुलियो वा टासिने क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यस्तो चिज खाने बित्तिकै ब्रस गर्नुपर्छ ।

३. छिटो दाँत माझ्नु
प्राय मानिसहरु दाँतमा ब्रस गर्दा हतारहतार गर्ने गर्दछन् । तर हतारमा ब्रस गर्दा दाँतको इनामेल कमजोर हुनुका साथै दाँतको पुर्ण सफाई हुन पाउदैन । त्यसैले दिनको दुई पटक समय लगाएर ब्रस गर्ने बानि बसाउनुपर्छ ।

४. दाँत सफा गर्ने तरीका
दाँत बस्र गर्दा नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ ।

५. एन्टिसेप्टिक माउथवास
ब्रस गरेपछि माउथवास गर्न जरुरी हुन्छ । दाँतको बीचमा अड्केको खाना निस्कन नपाउदाँ दाँत कुहिने, गिजाको संक्रमण हुने समस्या निम्तन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि वा मुखलाई किटाणु रहित बनाउँन राती सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नु आवश्यक छ ।

६. नियमित परीक्षण
दाँतको सानो समस्या देखापरे तत्काल अन्यथा नियमित रुपमा दाँत परीक्षण गराउनुपर्छ ।

७. निको भएपछि वेवास्ता
दाँतमा दुखाई भए वा कुनै समस्या भए त्यसलाई निको भएपछि हामि वास्ता गर्दैनौ, यस्तोमा दाँतको समस्या बल्झने वा खतरनाक साबित हुनसक्छ ।

८. डाक्टर सल्लाह नलिनु
अधिकाशं नेपालीमा कुनै समस्या भमएमा डाक्टरको सल्लाह बिना आफै औषधि किनेर खाने बानि छ । तर जताभावि औषधि किनेर खाँदा यसले रीयाक्सन हुने वा दाँतबाट शुरु भएको समस्या मुख वा शरीरको अन्य भागसम्म फैलन पनि सक्छ ।

९. सही जानकारी नदिनु
आफै औषधि किनेर खाने बाहेक चिकित्सककोमा पुग्ने केहि ब्यक्तिहरु आफ्ना समस्यालाई लुकाउने गर्दछन् । अर्थात आफुलाई भएको समस्याको सबै जानकारी दिदैनन् । यसले रोग कस्तो हो र यसको कस्तो उपचार हुनुपर्छ भनेर चिकित्सकले थाहा पाउन मुस्किल पर्छ । जसका कारण रोगको राम्रो उपचार हुन सक्दैन ।

१०. हरियो सागसब्जी र फल नखानु
दाँतका लागी लाभदायक हरियो सागपात र फलफूलको कम सेवन गर्नाले पनि दाँतको समस्या निम्तने गर्दछ । यी पदार्थमा भिटामिन सि र भिटामिन डी पाइन्छ जो दाँतका लागि फाइदाजनक मानिन्छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ५९ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न