७० वर्ष उमेर पुगेका किसानलाई नगरपालिकाबाट पेन्सन « Khabarhub

७० वर्ष उमेर पुगेका किसानलाई नगरपालिकाबाट पेन्सन


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माडी– चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन (निबृत्तिभरण) दिने भएको छ । वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्ष माथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् ।

सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्याेदय कृषि सहकारी संस्थामार्फत सामूहिक खेती गरिएको छ ।

‘समाजवादको आधारशिला भनेको सामूहिक खेती हो,’ नगर प्रमुख ढकालले भने, ‘सामूहिक खेतीबिना देशमा समृद्धि सम्भव छैन ।’ माडीमा शुरु गरिएको सामूहिक खेती अन्यका लागि पनि उदाहरणीय रहेको ढकालको दावी छ ।

नगरपालिकाले कृषि र शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख ढकालले विशेषगरी सामूहिक उत्पादनलाई जोड दिइएको बताए ।

सूर्योदय सहकारीले सामूहिक खेती कृषक कल्याण कोषमा शुरुआतमा सस्थाले २ लाख तथा नगरपालिकाले १ लाख रुपैयाँ जम्मा गर्न लागेको छ । कोषको रकमबाट आएको ब्याजले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथि उमेरका अशक्त किसानलाई वार्षिक १ हजारका दरले रकम उपलब्ध गराउने सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले जानकारी दिए ।

संस्थाका प्रबन्धक गायकले रु २५ हजार, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले रु १० हजार र आले कन्स्ट्रक्शन कम्पनी प्रालि माडीका सञ्चालक मोहनबहादुर आलेले रु १० हजार कोषमा जम्मा गर्नेसमेत घोषणा गरेका छन् । कान्तिपुरमा १०० बिघामा सामूहिक खेती गरिएको छ । किसानले एक बाली खेती भित्र्याइसकेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : १६ बजे

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले