लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ « Khabarhub

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी ९पश्चिम०, कास्की, बाँके र सुर्खेतबाट गरी २७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट अवैध लागुऔषध गाँजा करिब ३० किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले पक्राउ परेकाहरूले प्रयोग गरेको बा८३ प ४३७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका ६ बाट एक, भद्रपुर नगरपालिका(५ बाट एक, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका १ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका २ बाट एक र रतुवामाई नगरपालिका ८ कुखरेडाँडाबाट एक, सिराहाको धनगढीमाई नगरपालिका १० जिरोमाईलबाट एक, बर्दियाको गुलरिया नगरपालिका ११ गणेशपुर गाउँबाट दुई र गुलरिया नगरपालिका ११ बाट एक, कञ्चनपुरको बेदकोट नगरपालिका ८ गैलनदीबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका ७ मनेहरा चोकबाट दुई, गोदावरी नगरपालिका १ महेन्द्रनगर रोडबाट एक, धनगढी उपमहानगरपालिका ७ मोतिचोकबाट एक, लम्कीचुहा नगरपालिका ७ खरौलाबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका ५ गेर्मीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १९८ एम्पुल, फेनारगन १९७ एम्पुल र बुप्रेनोर्फिन १९९ एम्पुलसहित भारत उत्तर प्रदेश महाराजगञ्ज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका १७ छोरेपाटनबाट दुई, बाँकेको नेपालगन्ज उपमहानगरपालिका १५ बाट एक र सुर्खेतको भेरीगङ्गा नगरपालिका-१२ राजीगाउँबाट तीन जनालाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : ५७ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि