नेपालमा ५३ प्रतिशत दम्पतीले प्रयोग गर्छन् परिवार नियोजनको साधान « Khabarhub

नेपालमा ५३ प्रतिशत दम्पतीले प्रयोग गर्छन् परिवार नियोजनको साधान


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमान्‌–श्रीमतिले एक आपसमा सल्लाह गरेर इच्छा अनुसार कहिले र कति समयको अन्तरालमा कति बच्चा पाउने निर्णय गरेर परिवार नियोजनको साधन प्रयोग गर्नु परिवार नियोजन हो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालका १५ देखि ४९ वर्षका ५३ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको साधान प्रयोग गर्ने गरेका छन् । परिवार नियोजनको साधान प्रयोग गर्नेमध्ये ४३ प्रतिशत महिलाहरु आधुनिक साधान तथा सेवा लिने गरेका छन् भने १० प्रतिशत महिलाहरु परम्परागत विधिको प्रयोग गर्दै आएका छन् ।

नेपालमा प्रयोग हुने परिवार नियोजनको साधान महिला बन्ध्याकरण, ३ महिने सुई, पुरुष बन्ध्याकरण, खाने चक्की, कण्डम, इम्प्लान्ट र आईयूसीडी हुन् । यी मध्ये सबैभन्दा धेरै प्रयोग महिला बन्ध्याकरण छ भने सबैभन्दा कम प्रयोग आईयूसीडीको प्रयोग रहेको छ ।

परिवार नियोजनको आधुनिक साधान प्रयोग गर्नेमध्ये १५ प्रतिशतले महिला बन्ध्याकरण, ९ प्रतिशतले ३ महिने सुई, ६ प्रतिशतले पुरुष बन्ध्याकरण, ५ प्रतिशतले खानेचक्की, ३ प्रतिशतले इम्प्लान्ट र १ प्रतिशतले आईयूसीडीको प्रयोग गर्ने गरेको स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा उल्लेख छ ।

विवाहित महिलाहरुले परिवार नियोजनको कुनै पनि किसिमको साधन तथा सेवाको प्रयोग दर बढ्दै गएको स्वास्थ्य सर्वेक्षणले देखाउँछ । सन् १९९६ मा २९ प्रतिशतले मात्र परिवार नियोजनको साधान प्रयोग गर्ने गरेकोमा सन् २०१६ मा सो दर दुई गुणा बढेर ५३ प्रतिशतमा पुगेको छ ।

यस्तै, परिवार नियोजनको आधुनिक साधान तथा सेवा लिनेमा सन् १९९६ मा २६ प्रतिशत थिए भने सन् २०१६ सम्ममा ४३ प्रतिशले आधुनिक परिवार नियोजनको साधान प्रयोग गरेका छन् । यो दर भने हाल खासै नबढेको अनुसन्धानले देखाउँछ । यस्तै सन् २०१६ सम्ममा परम्परागत विधि अपनाएर परिवार नियोजन गर्नेहरु ३ प्रतिशतबाट बढेर १० प्रतिशतमा पुगेका छन् ।

परिवार नियोजनको साधानको प्रयोग बढ्दै गएपनि अझैसम्म ४७ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको कुनै पनि साधान प्रयोग नगर्ने गरेको स्वास्थ्य सर्वेक्षणको अनुसन्धानले देखाउँछ ।

परिवार नियोजनको साधान प्रयोगले हुने फाइदाबारे जानकारी र सचेतना नहुँदा अझैपनि धेरै दम्पित्तिले परिवार नियोजनको साधान प्रयोग गर्ने गरेका छैनन् ।

किन आवश्यक छ  परिवार नियोजन ?

इच्छा नभएको गर्भ रोक्न चाहने, महिलाको उमेर कम्तीमा २० वर्ष नपुगुन्जेल पहिलो गर्भलाई रोक्न चाहने, एक बच्चा र अर्को बच्चाको बीचको जन्मान्तर बढाउन चाहने तथा सन्तानको रहर पुगेका दम्पतीका लागि परिवार नियोजनको साधान आवश्यक पर्छ ।

जन्मान्तरको लागि गरिने परिवार नियोजनले लोमो समयसम्म बच्चाले आमाको दुध खान पाउँछन् र बच्चालाई कुपोषण हुनबाट बचाउन सकिन्छ । सन्तानबीचको जन्मान्तरले बच्चाको स्याहार राम्रोसँग हुन पाउँछ । बच्चाको शारीरिक तथा वौद्धिक विकासमा सहयोग पुर्‍याउँछ ।

परिवार नियोजनले मातृ शिशु तथा बाल मृत्युदर घटाउन सहयोग पुग्छ । कम्तिमा २ वर्षको फरकमा बच्चा जन्माउँदा आमा र बच्चा निरोगी हुन्छन् । परिवार नियोजनले अनिच्छित गर्भ रहन दिँदैन । जसले गर्दा गर्भपतन गर्नुपर्ने अवस्था आउँदैन ।

व्यवस्थित परिवार बनाउन सहयोग पुर्‍याउछ । परिवारमा पोषणयुक्त खाना सबैलाई पुग्छ । परिवार नियोजनले धेरै सन्तान जन्मदैनन् । जसले गर्दा कम सन्तान भएमा उनीहरुको लालनपालन र शिक्षा दिन सहज हुन्छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ३ : ५३ बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र