भारतीय कारमा गाँजा तस्करी गर्ने २ नेपाली पक्राउ | Khabarhub Khabarhub

भारतीय कारमा गाँजा तस्करी गर्ने २ नेपाली पक्राउ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– भारतीय कारमा लागू औषध गाँजा तस्करी गर्ने २ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कारमा गाँजा तस्करी गर्ने २ जना नेपालीलाई पक्राउ गरेको हो ।

निश्चित समयका लागि बाटो इजाजत लिएर नेपाल ल्याइएको भारतीय नम्बर प्लेट बीआर–०६–बीजी ९५१२ को कारमा २१ किलो गाँजा लुकाएर लैजाने क्रममा २ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कारका चालक धनुषाको मुख्यापट्टी गाउँपालिका–६ घर भएका ४२ वर्षीय अशोक कुमार यादव र कारमा सवार मकवानपुरको मनहरी गाउँपालिका–९ घर भएका ४० वर्षीय मोक्तान छन् ।

प्रहरीका अनुसार उनीहरुले यसअघि पनि विभिन्न सवारी साधन प्रयोग गरी गाँजा तस्करी गर्दै आइरहेका थिए ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १ : ३४ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे